विश्व

टेस्ला इंकका सीईओ एलन मस्कले २७ अर्ब डलर गुमाए

  • एजेन्सी
  • २२ फाल्गुण शनिबार, २०७७ | १९:२०:०० मा प्रकाशित

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) एलन मस्कले २७ अर्ब डलर गुमाएका छन् ।

टेस्लाको शेयर मूल्यमा सेलअफ देखिएसँगै सोमवारयता मस्ककले सो स्तरमा नेटवर्क गुमाएका हुन् । यद्यपि, उनी अझै पनि ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्समा भने १ खर्ब ५६ अर्ब ९० करोड डलर नेटवर्थसहित विश्वकै दोस्र धनी व्यक्तिका रुपमा छन् । 

उनको यो नेटवर्थ इन्डेक्सको शीर्ष स्थानमा रहेको अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका जेफ बेजोसको भन्दा चाँहि २० अर्ब डलर कम हो । गत हप्ता भने बेजोसलाई उछिनेर मस्क विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए ।

मस्क जति छिटै शीर्ष स्थानमा पुगे त्योभन्दा छिटो त्यहाँबाट तल पनि झरे । सन् २०२० मा टेस्लाको शेयर ७४३ प्रतिशतले बढेको थियो । योसँगै उनको नेटवर्थ पनि बढ्यो टेस्लाले मस्कलाई दिएको अर्बौ डलर बराबरको बेच्न मिल्ने शेयर (स्टक अप्शन) का कारण पनि मस्कको नेटवर्थ चुलिएको थियो । 

नयाँ वर्ष शुरु हुँदै गर्दा उनको नेटवर्थ थप बढ्यो । जनवरीमा मस्कले बेजोसलाई उछिनेर पहिलो पटक विश्वको सबैभन्दा धनी व्यक्ति बने । जनवरीको अन्त्यतिर मस्कको नेटवर्थ बढेर २ खर्ब १० अर्ब डलरको कीर्तिमानी उचाईसम्म पुगेको ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सले देखाएको छ ।

एजेन्सी

तपाईँको मत