ॐ चाबहिल डेन्टल हस्पिटलद्वारा साँखुमा नि:शुल्क दन्त शिविर सम्पन्न
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण शनिबार, २०७७ | १८:३१:०० मा प्रकाशित
काठमाडाैं । ॐ चाबहिल डेन्टल हस्पिटल, नयाँपाटी बचत तथा ऋण सहकारी संस्था र सहयाेगी साथी नेपाल युवा जागरण अभियानले काठमाडाैंकाे गाेकर्णेश्वर नगरपालिकाकाे साँखुमा नि:शुल्क दन्त तथा आँखा शिविर सञ्चालन गरेकाे छ ।
उक्त नि:शुल्क दन्त तथा आँखा शिविरबाट २५० भन्दा बढिले सेवा लिएकाे ॐ चाबहिल डेन्टल हस्पिटलका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए ।
अध्यक्ष घिमिरेका अनुसार शिविरमा दाँत परीक्षण, सफा गर्ने, दाँत निकाल्ने, आँखा परीक्षण लगायत सेवा दिइएकाे बताए ।
श्री वनदेवी आधारभूत विद्यालय साँखुमा विहान ९ बजेदेखि दिउँसाे २ बजेसम्म शिविर सञ्चालन गरिएकाे घिमिरेले जानकारी दिए ।
स्थानीय तहमा पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा विभिन्न जिल्लामा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएकाे डेण्टलका प्रबन्धक निर्देशक अनिल शर्माले बताए ।
ॐ चाबहिल डेन्टल हस्पिटलले गत हप्ता सिन्धुपाल्चाेकमा सञ्चालन गरेकाे दन्त शिविरबाट २१ सय जनाले सेवा लिएका थिए ।
हस्पिटलले शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएकाे छ । सञ्चालनमा आएकाे छोटो समयमै हस्पिटलले सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस