जीवनशैली

‘हरेक नेपालीले प्रत्येक वर्ष ७९ केजी खाना फ्यालिरहेका छौँ’

[फूड वेस्ट इन्डेक्स रिपाेर्ट - २०२१]

काठमाडौँ । संयुक्त राष्ट्र संघले फूड वेस्ट इन्डेक्स रिपोर्ट-२०२१ जारी गरेको छ । रिपोर्टमा उसले संसारमा हरेक वर्ष भोजनको १७% भाग बर्बाद भइरहेको जनाएको छ ।

खाना फ्याँक्ने विषयमा नेपाल दक्षिण एसिया मुलुकहरुको तुलनामा नराम्रै स्थानमा रहेको रिपोर्टले देखाउँछ । यहाँ सबैभन्दा धेरै खाना फाल्नेमा अफगानिस्तान जहाँ एक परिवारले हरेक वर्ष ८२ केजी खाना फाल्छन् । त्यसपछि नेपालमा ७९ केजी वर्षमा फाल्छन् । भुटान ७९, यस्तै श्रीलंका ७६, पाकिस्तान ७४, मालदिभ्समा ७१, इरान ७१, बंगलादेशमा ६५ र भारतमा ५० केजी रहेको छ । यस हिसावले हेर्दा दक्षिण एसियामा भारत खाना कम फाल्ने देशमा परेको छ ।

रिपोर्ट भन्छ- खाना नास गर्दा त्यसको प्रत्यक्ष असर पर्यावरण र अर्थव्यवस्थामा पर्दछ । यसलाई रोक्ने हो भने हरित ग्यासको उत्सर्जन घट्छ । जमिनको उपलब्धता हुनेछ, प्रदूषण घट्नेछ र खाना नपाउने जनसंख्याको लागि भोजन उपलब्ध गराउन सकिन्छ ।

रिपोर्टका अनुसार, सन् २०१९ मा ६९ करोड मानिसहरु खाना खानबाट बञ्चित थिए । महामारीमा जसरी अभाव देखियो त्यसैले यो आंकडा बढेको हुनुपर्छ । रिपोर्ट भन्छ- खाना नास रोक्नको लागि हामीलाई थप कदम उठाउनु जरुरी छ ।

अरूकाे अवस्था के छ ? पूर्ण रिपाेर्ट यहाँ हेर्नुहाेस्

गाउँ सहर संवाददाता

तपाईँको मत