राजनीति

‘महाकाण्ड’ पुस्तकको विमोचन गर्दै देउवाले भने- म प्रधानमन्त्रीकाे दाैडमा छैन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।

शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन कार्यक्रममा देउवाले आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताएका हुन् ।

‘हेर्नुस्, प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्राइममिनिष्टर हो, तर म अहिले यो दौडमा छैन’, देउवाले भने ।

नेकपाभित्रको आन्तरिक किचलोमा आफूले फस्न नचाहेको पनि देउवाले बताए ।

‘यो उनीहरुको आन्तरिक कुरा हो, हामीले त्यसमा पक्ष विपक्षमा उभिदैनौँ, संसदमा उनीहरु कसरी प्रस्तुत हुन्छन्, कांग्रेसले त्यही बेला उपयुक्त निर्णय गर्छ’, देउवाले भने ।

नेकपाकाे दाहाल–नेपाल समूहले कांग्रेससँग मिलेर देउवाकाे नेतृत्वमा नयाँ सरकार गठनको चर्चा भइरहेका बेला कांग्रेस सभापति देउवाले भने आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका हुन् ।

गाउँ सहर संवाददाता

Kumar Gurung लेख्नुहुन्छ २२ फाल्गुण, २०७७ ६:२५ pm

Good hunu pani hudaina yeti khera natra Congress bhanisya nixit hudaina bhayo bhane

तपाईँको मत