स्वास्थ्य

कोरोनालाई ९ करोड २२ लाख बढीले हराए, विश्वमा ८९ हजार ४३७ को अवस्था गम्भीर

काठमाडौँ । कोरोनाभाइरसले ११ करोड ६६ लाख ६८ हजार ३८३ जनामा संक्रमण फैल्याउँदा २५ लाख ९२ हजार ४७ जनाको मृत्यु भएको छ भने ९ करोड २२ लाख ८० हजार ६६८ जनाले भने भाइरसलाई हराएका छन् ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार विश्वमा अब २ करोड १७ लाख ९५ हजार ६६८ सक्रिय केश रहेका छन् जसमा ८९ हजार ४३७ को अवस्था गम्भीर छ ।

नेपालमा खोप कार्यक्रम चलिरहेको छ । अहिलेसम्म भाइरसका कारण ३ हजार १० जनाको मृत्यु भइसकेको छ । देशमा अब ८३२ सक्रिय संक्रमण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत