वातावरण

काठमाडाैँमा हावापानी, शुक्रबार रातिदेखि आइतबार रातिसम्मकाे यस्ताे छ माैसम

काठमाडाैँ । शुक्रबार दिउँसाेबाट काठमाडाैँ चिसाे भएकाे छ । साँझपखबाट हावापानी परिरहेकाे छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका केही पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन २१ गते (शुक्रबार)

राति :  देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा वर्षा/ हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन २२ गते (शनिबार)

दिउँसो : प्रदेश १ को पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ तथा बागमती प्रदेशको पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

राति :  सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाँकी भू- भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ तथा बागमती प्रदेशको को पहाडी/हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन २३ गते (आइतबार)

दिउँसो : पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरूको केही स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

राति :  प्रदेश नं १  र सुदूरपश्चिम प्रदेशमा साथै  बाँकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत