शिक्षा

१४ संस्थालाई बोधार्थ दिँदै इस्टू सुनसरीले लेख्यो यस्तो पत्र

सुनसरी । १४ सरोकारवाला संस्थालाई बोधार्थ दिँदै संस्थागत विद्यालय शिक्षक युनियन (इस्टू) इनरुवा नगर कमिटी, सुनसरीले आवश्यक कारवाही गर्न पत्र लेखेको छ ।

पत्रमा लकडाउनबाटै पारिश्रमिक नपाएको विषय लगायतलाई समेटिएको छ । 

पत्रमा भनिएको छ, ‘मुनाफाको भागिदार कहिले नबनेका हामी शिछकहरुलाई ४/५ महिना घाटा हुँदैमा त्यो घाटाको भागिदार हामी कसरी हुन्छौँ ? तसर्थ सम्पूर्ण विद्यालयहरु स्थानीय सरकारको मातहतमा रहेको हुनाले हामीले हाम्रो समस्या अवगत गराउनुपरेको, अन्यायको निकास गर्न पहल गर्नुहुनेछ भन्ने हामीले आशा राखेका छौँ ।’

विपदको समयमा बेरोजगार हुनुपरेको, रोजीरोटी गूमेको अवस्थामा सबै निकाय मौन रहनु र भनेका कुरापनि कार्यान्वयन भएको पत्रमा बताइएको छ । यसबारे उचित निकास हुन नसके आन्दोलनका अन्य कार्यक्रममा जाने अध्यक्ष दिपेश ढकाल र सचिव सिताराम श्रेष्ठद्वारा जारी पत्रमा जनाइएको छ ।

गाउँ सहर संवाददाता

दिपक कुमार थापा लेख्नुहुन्छ २१ मङ्सिर, २०७९ ०५:०६ am

जुनिचाँदे ६

तपाईँको मत