अर्थतन्त्र

सुनचाँदीकाे मूल्य आज पनि घटेकाे भाउमा काराेबार हुँदैछ

काठमाडाैं । सुनको मूल्य ताेलामा बिहीबारकाे भन्दा ९ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ यस्तै तेजाबी सुनको पनि मूल्य घटेर प्रतितोला ८५ हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ ।

पछिल्लो एक सातामा सुनको मूल्य तोलामा तीन हजार २०० रूपैयाँले गिरावट भएको छ । शुक्रबारको कारोबार मूल्य २०७७ कै सस्तो मूल्य हो । २०७७ को पहिलो कारोबार दिन, जेठ २५ गते, सुन प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच हुँदैछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत