जीवनशैली

बिरामी भेट्न जाँदैहुनुहुन्छ ? यी कुरा ध्यानमा राख्नुहोस्

काठमाडौँ । सुख-दुःख मानव जीवनसँग जोडिएको हुन्छ । अर्काको दुःखमा सहयोगी बन्नु साँचो अर्थमा मानवता हो । जहिलेपनि आफ्नो परिचित व्यक्ति बिरामी हुन्छन्, त्यो समय उनीहरुको हौसला बढाउनको लागि भेट्न जानु पर्दछ । उसको मद्यत हामीले अवश्य गर्नु पर्दछ । बिरामी भेट्न जाने अर्को कारण पनि छ- शिष्टाचार । यदि यसकारण भेट्न जानुपर्ने भए फोनबाटै अवस्था लिनुहोस् । यसबाट बिरामीले तपाईंबाट कुनैपनि आशा गर्दैन । यदि बिरामीलाई भेट्न जानैपर्ने भए यी कुरा ध्यानमा राख्नुहोस् ।

  1. यदि तपाईंको परिचित व्यक्ति अस्पतालमा भर्ना छन्, यस्तो अवस्थामा फोन गरेर जानु उत्तम हुन्छ । यो पनि पत्ता लगाउनुहोस् कि ठूलो मद्यतको अवश्यकता छ कि !
  2. बिरामीलाई भेट्न जाने अर्को कारण बिरामी एक्लो अनुभूत गरिरहेको छ कि ! एक्लो हुँदा दुःख बढी हुन्छ । तपाईं भेट्न गए उसको आत्मबल बढ्छ र हिम्मत बढ्दछ ।
  3. अस्पतालको बातचित/भेटघाट गर्ने समय पत्ता लगाउनुहोस् । सहि समयमा पुग्नुहोस् ताकि समयले धोका नदेओस् । हतारो गर्दा तपाईंले बिरामीलाई सहयोग गर्न पाउनुहुन्न । सो समय डाक्टर्सको राउडिंग भए चुपचाप बाहिर निस्किदिनुहोस् ।
  4. बिरामीलाई बढी बोल्नबाट रोक्नुहोस्, नउस्काउनुहोस् । धेरै हाँसो र मजाक नगर्नुहोस् । अस्पतालमा अन्य बिरामीपनि हुन्छन्, हल्ला गर्नबाट जोगिनुहोस् । त्यसले सबैलाई असर गर्दछ ।
  5. फलफूल लानुभन्दा अगाडि बुझ्नुहोस् के खान मिल्छ वा मिल्दैन । फूल अस्पतालमा लैजानु ठिक हुन्न बरु घरमा भेट्न जानुहोस् ।
  6. यदि तपार्ईं बिरामी महिला भेट्न जाँदै हुनुहुन्छ भने विशेष ध्यान दिनुहोस् । विना जानकारी अस्पतालको कोठामा प्रवेश नगर्नुहोस् । विरामीसँग धेरैबेर नबस्नुहोस् । महिलालाई पुरुषको जस्तो सहज हुँदैन त्यो कुरा विचार गरेर मात्र भेट् गर्नुहोस् ।
  7. बिरामी भेटघाटमा भीड नगर्नुहोस् । अनावश्यक भीडले सबैतिर समस्या बढाउँछ । समय मिलाएर बिरामी भेट्न जानुहोस् ।
  8. बिरामी व्यक्तिको अलवा परिवारजनलाई पनि उनीहरुको घर सम्हाल्ने, बच्चा हेर्ने, खानपान आदि सुविधाको आवश्यकता पर्दछ । उनीहरुको मद्यत गर्नु, उनीहरुको लागि सजिलो बनाउनु पनि बिरामीजस्तै मद्यत गर्नु हो ।

गाउँ सहर डेस्क

तपाईँको मत