अर्थतन्त्र

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि आवेदन खुला

काठमाडाैं । ज्योति लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) आजदेखि आवेदन खुला भएको छ ।

इन्स्योरेन्सले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको लागेको हो ।

निष्काशनमा आउने कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषका इकाइहरुलाई र सोही बराबरको शेयर इन्स्योरेन्सका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा आउनेछ ।

आईपीओमा २६ गते बुधबारसम्म आवेदन दिन सकिनेछ ।

आईपीओमा न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । आवेदन गर्ने र ५ लाख ९४ हजार आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ता पाउने अवस्थामा रहने भएकाले १० कित्ताका लागि १ हजार रुपैयाँको लागि मात्र आवेदन गर्नु उपयुक्त देखिन्छ ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँडपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत