खेल

सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आज दुई खेल

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

शीर्ष स्थानको सातदोबाटो र तेस्रो स्थानको बाँसबारीबीचको खेल अपरान्ह १२:१५ मा सुरु हुनेछ ।

सातदोबाटोले ८ खेलमा २२ अंक जोडेको छ । बाँसबारीले ८ खेलमा १८ अंक जोडेको छ ।

यस्तै अर्को खेलमा मध्यपुर युथ एसोसियसन र पुल्चोक स्पोर्ट्स क्लबबीच खेल हुनेछ ।

मध्यपुर र पुल्चोकबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।

मध्यपुर ८ खेलमा ७ अंक जोडेर १० औं स्थानमा रहेको छ । पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत