विद्युत

काठमाडाैंका यी क्षेत्रमा आज हुनेछैन बत्ती

काठमाडाैं । काठमाडाैंका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ ।

बालाजु वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र र बुढानीलकण्ठ उपवितरण केन्द्रअन्तर्गत फिडरहरुमा मर्मतको काम गर्नुपर्ने भएकाले लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

बालाजु गोलढुङ्गा फिडर अन्तर्गत पर्ने शेषमति, गोलढुङ्गा, लोलाङ, चिसापानी, ओशो एरिया, तीनपिप्ले, ठूलाखोला, छत्रेदेउराली, जितपुर फेदिलगायतका क्षेत्रमा आज बिहान ९ बजेदेखि १२ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।

यस्तै बुढानीलकण्ठ उपवितरण केन्द्रको शिवपुरी फिडरअन्तर्गतका डाँडागाउँ, पासिकोट, भष्मस्थली, टोखा, पञ्चेटार, मेगासिटी, ढलमलटारलगायत क्षेत्रमा बिहान १० बजेदेखि ५ बजेसम्म बत्ती जाँदैछ । पासिकोट क्षेत्रमा बिजुलीका पोलहरु सार्नुपर्ने भएकाले बिजुलीको लाइन काटेर काम गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

विद्युत मर्मतको काम गर्नुपर्ने भन्दै प्राधिकरणले पछिल्लो समय दैनिकजसो लाइन काट्दै आएको छ । नियमित बिजुली नहुँदा सेवाग्राही समस्यामा पर्दै आएका छन् ।
 

गाउँ सहर संवाददाता

तपाईँको मत