अर्थतन्त्र

नेपाल बैंकमा खुल्याे राेजगारीकाे अवसर

काठमाडाैं । नेपाल बैंक लिमिटेडमा राेजगारीका लागि अवसर खुलेकाे छ । 

बैंकले शुक्रबार सूचना प्रकाशित गर्दै झण्डै दुई सय जनाका कर्मचारी मागेकाे छ । 

बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन माग गरेको छ ।

स्थायी दरबन्दीका लागि बैंकले आवेदन खुला गरेको हो। दरखास्त दिने अन्तिम मिति चैत १२ गतेसम्म तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ।

तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। 

आजदेखि अनलाइन दरखास्त भर्न बैंकले आह्वान गरेको छ। चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्ने समय छ।

फारम भर्नका लागि नेपाल बैंक लिमिटेडको वेवसाइट www.nepalbank.com.np  बाट भर्न सकिन्छ।

गाउँ सहर संवाददाता

तपाईँको मत