सञ्चार

पत्रकार अथकलाई मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार

पोखरा । पोखराका पत्रकार कमल पौडेल अथकलाई स्याङ्जामा मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ५ पवैगौंडेमा अवस्थित शितला माविको यही फागुन २२ गते हुने ४७ औं वार्षिकोत्सवको अवसरमा पत्रकार अथकलाई सो पुरस्कार प्रदान गरिने भएको हो ।

विद्यालयका अभिवावक स्वर्गीय मानवहादुर कृष्णकुमारी स्मृति ट्रष्टद्वारा स्थापित र विद्यालयद्वारा सञ्चालित सो पुरस्कारको राशी नगद रु १० हजार, दोसल्ला र सम्मान पत्र रहेको छ । विगत दुइ दशकदेखि पोखरामा पत्रकारिता गर्दै आएका अथकलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको पुरस्कार छनौट समितिका संयोजक शैलेन्द्रजंघ कार्कीले जानकारी दिएका छन् ।

सो पुरस्कारवाट पुरस्कृत हुने पोखराका पत्रकार अथक रेडियो सराङ्कोटका समाचार प्रमुख तथा समयदृष्टि अनलाइनका सम्पादक समेत रहेका छन् । २०६८ सालदेखि यो पुरस्कार वार्षिक रुपमा वितरण गर्दै आएको ट्रष्टका संरक्षक प्रकाशजंग कार्की र प्रतापजंग काकीले जानकारी दिएका छन् ।

सो अवसरमा साहित्य तर्फको पुरस्कार डा यामवहादुर पौडेल क्षेत्रीलाइ प्रदान गरिने विद्यालयले जनाएको छ । सो पुरस्कारको राशी पनि नगद रु १० हजार, दोसल्ला र सम्मान पत्र रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत