खेल

पोखराको लिटल फलावरमा स्पोर्टस् सुरु

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नं २७  रिठेपानीमा रहेको लिटल फलावर एजुकेशनल ऐकेडेमीमा विहिवारदेखि स्पोर्टस् सुरु भएको छ ।

कोरोना महामारी कम भएर विद्यालय सञ्चालन भएपछि विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि बढाउने उद्धेश्यले  स्पोर्टस् संचालन गरिएको विद्यालयका डाइरेक्टर कमल खड्काले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार जगबहादुर गुरुङले अतिरिक्त क्रियाकलाप संयोजक शुशिल सुनार र खेल प्रशिक्षक सुजन गुरुङ्गलाई खेलकुद सामग्री हस्तान्तरण गरी खेलको सुरुवात गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालय संस्थापक देवी खड्का विद्यालयका निर्देशक कमल खड्का, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष तिलक सिंह गुरुङ, व्यवस्थापन समितिका सदस्य एवम् राइजिङ्ग स्टार युवा क्लवका अध्यक्ष विष्णुप्रसाद गुरुङ, रिठेपानी सहकारीका अध्यक्ष इन्द्रबहादुर गुरुङ, व्यवस्थापन समितिका सदस्य यमप्रसाद गुरुङ, प्रिन्सिपल विष्णुहरि पौडेल, प्रगतिचोक आमा समाजकी अध्यक्ष देवीमाया गुरुङ, पूर्व अध्यक्ष देवी गुरुङ, धनकुमारी गुरुङ, विद्यालय इन्चार्ज रामप्रसाद अधिकारी लगायतले  खेलाडी विद्यार्थीहरुलाई खेलमा उत्कृष्टता देखाउन शुभकामना दिएका थिए ।

शिक्षकशिक्षिकाहरु, विद्यालय संचालकहरु, अभिभावकहरु, व्यवस्थापन समितिका पदाधिकारीहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटन खेल स्वरुप भलिवल खेलाइएको  थियो ।

खेलकुद अन्तरगत विभिन्न दुरीका दौड, रिले, भलिवल, फुटवल, लङजम्प, बेलुन फुटाई, तातो आलु लगायतका खेल सिनियर र जुनियर समूहमा खेलाईने बताइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत