अर्थतन्त्र

साताकाे अन्तिम दिन नेप्सेमा उछाल, २५ सयमाथि उक्लियाे

काठमाडाैं । साताकाे अन्तिम दिन नेप्से परिसूचक उच्च अंकले उकालो लागेकाे छ । पछिल्ला केही दिन यता ओरालो लागिरहेको नेप्सेमा  बिहीबार ९० अंकले बढेर बन्द भएपछि लगानीकर्ताहरुमा खुसी छाएको छ ।

यसदिन नेप्से परिसूचक ९०.६७ अंक बढेर २५०६.६८ विन्दुमा बन्द भएको छ ।

यस दिन २०६ कम्पनीको ६५ हजार १७४ पटकको कारोबारमा ६ अर्ब ५ करोड ८१ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

 

चन्द्रागिरी हिल्स, लिबर्टी इनर्जी, सूर्योदय लघुवित्त, किसान लघुवित्त, इन्फिनिटी लघुवित्त, हिमालय पावर पार्टनर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र नेशनल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेर बढेपनि १३ कम्पनीको मात्र शेयरमूल्य घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ५३ करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत