गाउँ सहर

विद्यार्थी अन्जु दाहालको न्यायको निम्ति सरकार गम्भिर देखिएन : महामन्त्री तिमल्सिना

काठमाडाैं । सिन्धुपाल्चोक जिल्ला, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं -२ निवासी कोटेश्वर बहुमुखी क्याम्पस बिएड प्रथम वर्षमा अध्ययनरत छात्रा अन्जु दाहालको बुधबार बिहान क्याम्पस जाने क्रममा ललितपुरको बागडोलमा गाडीको ठक्करवाट मृत्यु भएको घटनाको विरुद्ध, घटनाको छानबिन,सवारी चालकलाई कानुनी कारवाही र पीडित परिवारजनमा उचित राहत र क्षतिपूर्तिको माग गर्दै कोटेश्वर चोकमा विद्यार्थीहरुले आज बिहान प्रदर्शन गरेका छन् । कोटेश्वर चोकबाट शुरु भएको र्यालि बालकुमारी चोकमा सभापछि समापन भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले विद्यार्थीहरु दिन प्रतिदिन असुरक्षित भएको भन्दै कलेजबाट घर जाने क्रममा जेब्रा क्रसिङ मै ठक्कर दिई मृत्यु भएको घटनालाई दुर्घटना नभइ हत्या भएको र आजसम्म चालक र सवारीधनीलाई कारबाहीमा नगरिनु प्रहरी प्रशासनको गम्भीर लापरवाही भएको बताए ।

राज्य विद्यार्थी र नागरिकको जिउ धनको सुरक्षा दिन दिनै चुकेको बताउँदै महामन्त्री तिमल्सिनाले सत्ताको झिनाझम्टीमा रुमलिएको सरकारलाई तत्काल अन्जु दाहालको परिवारले न्याय नपाए अझ कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

सभालाई कोटेश्वर क्याम्पसका प्रमुख गोबिन्द कार्की, अखिल केन्द्रिय सदस्य रबिन बस्नेत, स्वबियु सभापति माधव अधिकारी, नेविसंघ कोटेश्वर क्याम्पसका अध्यक्ष दिनेश कार्की लगायतले सम्बोधन गर्दै दोषीलाइ कडा करबाहिको माग गरेका छन् ।

प्रदर्शनकै क्रममा प्रहरीले धरपक्कड गर्दै केहिबेर नेविसंघ अध्यक्ष दिनेश कार्की, उपध्याक्ष सन्जय बुढाथोकी, विद्यार्थी नेता टेकबहादुर शाहीलाई पक्राउ गरि विद्यार्थीको दबाबपछि रिहा गरेको नेपससंघ सचिव बिशाल कोइरालाले बताए ।

हिजो बिना निश्कर्ष सकिएको र आज पुनः वार्ता हुने भनिएपनि माग पूरा नभएसम्म निरन्तर आन्दोलन गरिने स्ववियु सभापती माधब अधिकारीले जानकारी दिएका छन् ।

गाउँ सहर संवाददाता

Bishnu Neupane लेख्नुहुन्छ २० फाल्गुण, २०७७ १:२५ pm

Gadi driver sahu Sabai lai petrol halera jalau ani 50lakh xatipurti tirau ani toda andolan

तपाईँको मत