राजनीति

सरकार-विप्लव एकै ठाउँमा, कसरी ? (सहमतिसहित्)

काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिच तीन बुँदे सहमति भएको छ । बिहीबार बिहान भएको पछिल्लो वार्तापछि दुई वार्ता टोलीले समहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीसहितको सहमति भएको हो ।

सहमति पत्रमा सरकारका तर्फबाट वार्ता टोली प्रमुख गृह मन्त्री रामबहादुर थापा बादल तथा विप्लव नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका हुन् ।

सहमतिको विस्तृत विवरण शुक्रबार दिउँसो २ बजे विशेष समारोह मार्फत सार्वजनिक गरिने जनाइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत