खेल

सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा यी चार टीम खेल्दैछन्

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच खेल हुनेछ ।

झम्सिखेल र श्री भगवतीबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

झम्सिखेल ८ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ । श्री भगवती ८ खेलमा ६ अंक जोडेर १० औं स्थानमा रहेको छ ।

अर्को खेलमा रानीपोखरी कर्नर टिम आरसिटी र श्री कुमारी क्लबबीच खेल हुनेछ ।

आरसिटी र श्री कुमारीबीचको खेल दिउसो ३:३० बजे सुरु हुनेछ ।

आरसिटी ८ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । श्री कुमारी ८ खेलमा ७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत