दिगोविकास

काँधमा प्रधानमन्त्री पदको जिम्मेवारी आए भागिन्न : देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले काँधमा प्रधानमन्त्री पदको जिम्मेवारी आए नभाग्ने बताएका छन् ।

चितवनमा आयोजित कार्यक्रममा देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने स्पष्ट पारेका हुन् । 

उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ । जिम्मेवारीबाट भाग्नेवाला पनि छैन ।’

उनले प्रधानमन्त्रीका लागि मरिमेट्ने वा भाग्ने कुरा नहुने बताए । प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने देउवाको भनाइ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत