स्वास्थ्य

नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार नाघ्याे

काठमाडौँ । नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा २ सय ३३ जना मृतकको संख्या समावेश गरेसँगै मृतकको संख्या ३ हजार नाघेको हो । 

कोभिड-१९ महामारी व्यवस्थापन गरिरहेका निकायहरुको तथ्यांकको आधारमा कोरोना संक्रमित मृतकको संख्या समावेश गरिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा भने एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ४ पुगेको हाे । 

हाल मन्त्रालयले कोरोना संक्रमित मृतकको संख्या सच्याउँदै छुटेका तथ्यांकहरु समावेश गरिरहेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत