प्रेरणा

‘आत्मविश्वास बढाउनको लागि गर्नुपर्छ पूजा, भगवानसँग केहि माग्नुहुन्छ भने त्यो सौदाबाजी हुनेछ’

काठमाडाैँ । सबैको जीवनमा साना-ठूला दुःख आउँछन् । निश्वार्थ भावबाट गरिएको पूजामा हामीलाई शक्ति प्राप्त हुन्छ । यो शक्ति दुःखको समयमा धेरै काम आउँछ । मन शान्त रहेमा हामी जस्तै समस्यासँग र परिस्थितिसँग लड्न सक्छौँ र सफलता हासिल गर्न सक्छौँ ।

यसै प्रसंगमा यो घटना मनन गरौँ ।

महाभारतमा पाण्डवहरु वनवास गएका थिए । एकदिन युधिष्ठिर एकान्तमा बसेर प्राकृतिक वातावरणको आनन्द लिइरहेका थिए । उनी आँखा बन्द गरेर ध्यान गरिरहेका थिए । सो समय द्रौपदी पनि पूगिन् । जब युधिष्ठिरको ध्यान पूरा भयो उनी प्रसन्न देखिएका थिए ।

द्रौपदीले उनीसँग सोधिन्, ‘तपाईं भगवानमाथि भरोसा गर्नुहुन्छ, पूजा-पाठ, तप-जप र ध्यान गर्नुहुन्छ । निश्चित रुपमा आँखा बन्द गरेर तपाईं भगवानसँग जोडिनुभएको होला ।’

युधिष्ठिरले भने- ‘हो ।’

द्रौपदीले भनिन्, ‘त्यसोभए तपाईं भगवानसँग सोध्नुहोस् कि हाम्रो जीवनमा यतिविघ्न दुःख किन आउँछ ? हामी कहिलेसम्म यस्तो समस्याको सामना गर्ने ? वर्षौँदेखि वनमा घुमिरहेका छौँ । सानोमात्र सुख आए त्योभन्दा बढी दुःख आउँछ । कहिलेकाहिँ त पानी र खानासम्म पनि मिल्दैन । एक पटक भगवानसँग सोध्नुहोस्- हाम्रो जीवनमा यति समस्या किन छन् ?’

युधिष्ठिरले भने, ‘देवी, जब म ध्यान गरेर भगवानसँग भेट्दछु तब म उनीसँग केहिपनि माग्न सक्दिन । यो त सौदाबाजी हुन्छ । मलाई परमात्मासँग जोडिँदा प्रसन्नता प्राप्ति हुन्छ । म केहि माग्न वा सोध्न ध्यान गर्दिन । म भगवानसँग यसकारण जोडिन्छु ताकि मेरो मन प्रसन्न होस् । यहि प्रसन्नता मेरो तागत बन्दछ । यहि प्रसन्नता हाम्रो हतियार हो । नराम्रो समयमा हामी यो हतियारबाट लड्छौँ र जित्छौँ ।’

जो व्यक्ति पूजाको बदलामा केहि माग्छन्, उनीहरु भगवानसँग सौदा गर्दछन् । जबकि पूजा-पाठ निस्वार्थ भावबाट गर्नु पर्दछ । यस्तो पूजाबाट प्रसन्नता प्राप्त हुन्छ । आत्मविश्वास बढ्दछ । मन शान्त रहन्छ र जुन शक्ति प्राप्त हुन्छ, त्यसबाट हामी हरेक समस्यासँग जुध्न सक्छौँ ।

गाउँ सहर डेस्क

तपाईँको मत