गाउँ सहर

नेपाली जनशक्तिले गर्दा नै देश विकासशील मुलुकको लागि सिफारिस भएको हो - मेयर जिसी

पोखरा । नेपालमा उत्पादन भएका जनशक्तिको कारणले नै संयुक्त रास्ट्रसंघ मातहतको विकास नीति सम्बन्धी समितिले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको पोखरा महानगरपालिकाका नगरप्रमुख मान बहादुर जिसीले बताएका छन् ।

सोमबार पोखरा महानगरपालिका शिक्षा महाशाखा एवं रोज फाउन्डेसनको सहकार्यमा संचालित किशोरी स्वास्थ्यमा विद्यालय प्रधानाध्यापकहरूको भूमिका सम्बन्धी एक दिने अन्तरकृया साथै निःशुल्क सेनेटरी प्याड भेन्डिङ्ग मेसिन वितरण कार्यक्रममा यस्तो बताउनुएका हुन् ।

नेपाल सरकारको चालु आव २०७६/०७७ को नीति तथा कार्यक्रममा देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि सेनिटरी प्याड निःशुल्क उपलब्ध गराउने अनुरूप अनुदानको रकम पनि हस्तान्तरण भैसकेको उनले बताए ।

पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले किशोरीमा हुने महिनावारीसँग सम्बन्धित विषयमा रोज फाउन्डेसनले सहजिकरण गरेको प्रति धन्यवाद ज्ञापन गरे ।
उक्त कार्यक्रममा रोज फाउन्डेसनका अध्यक्ष माधव भण्डारीले महिनावारी र सेनिटरी प्याडसँग सम्बन्धित रहेर प्रस्तुतीकरण दिएका थिए ।

सोही कार्यक्रममा पोखरा भित्र रहेका भवानी कालिका मा.वि, विध्ववासिनी मा वि, शिवशक्ति मा वि, महेन्द्र मा वि र रत्न् पाण्डे मा वि लाई  सेनेटरी प्याड भेन्डिङ्ग मेसिन उपलब्ध गराइएको  फाउन्डेसनले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत