खेल

सुपर जनरल इन्टर क्लव टी–ट्वान्टी क्रिकेट लिगमा पोखरा र चितवनको जित

पोखरा । चितवन क्रिकेट क्लव र सुपर जनरल पोखराले पोखरा रंगशालामा जारी क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारका खेलमा जित हासिल गरेका छन् । चितवनले काठमाण्डौको बालुवाटारलाई तथा आयोजक पोखराले स्याङ्गजा क्रिकेट क्लवमाथि जित निकालेको हो ।

के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा मंगलबारको पहिलो खेलमा चितवन ४ विकेटले विजयी भएको हो ।

जितका लागि १ सय २७ रनको लक्ष्य पाएको चितवनले १४.४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पार ग-यो । चितनको जितमा म्यान अफ द म्याच हुन सफल प्रतिक शर्माले ५३ रनको महत्वपूर्ण योगदान दिए । अर्को खेलमा पोखराले स्याङ्गजा माथि २९ रनको जित निकालेको हो । पहिला व्याटिङ्ग गर्दै पोखराले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत