वातावरण

बुधबारकाे माैसम, धेरैठाउँ सामान्यतया सफा

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ ।

फाल्गुण १९ गते (बुधबार) दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै राति प्रदेश १, गण्डकी र सुदूर-पश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत