अर्थतन्त्र

पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन

काठमाडाैं । प्रभु बैंकले झापाकाे विर्तामोड नगरपालिका वडा नं.-६ स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा मंगलबारदेखि एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहकाबीच प्रभु बैंक पूर्वाञ्चल क्यान्सर अस्पताल एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन् । 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले विर्तामोड नगरपालिकाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा सेवा विस्तार गरेकाे हाे ।

बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल हुने भएको छ ।

बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् अस्पतालको आर्थिक कि्रयाकलाप बैंकिङ्ग प्रणालीबाट हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बनि्धत सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पु¥याउने प्रण गर्दछ । 

प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवाबाट अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत