पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति राप्रयुसंकाे बिराेध
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण मंगलबार, २०७७ | १७:१०:०० मा प्रकाशित
काठमाडाैं । कोरोना महामारीबाट नागरिक जीवन अत्यन्तै असहज र कष्टकर भएको बेला सरकारले पेट्रोलियम पदार्थको पटक–पटक मूल्य वृद्धि गरेर जनतालाई सास्ती दिएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) ले विरोध जनाएको छ ।
'नागरिकको जीवनयापन अत्यन्तै असहज र कष्टकर भइरहेको बेला जनतालाई राहत दिनुको सट्टा सरकारले झन् पिडा दिएको छ । एकातिर प्रधानमन्त्री भोक र रोगबाट जनतलाई जोगाउने भन्छन्, अर्कोतिर एक सातामा तीन पटक पेट्रोलियम पदार्थको मूल्य बढाउछन्,' राप्रपा निकट युवक संगठनका अध्यक्ष फणिराज लोहनी (राजु) ले एक विज्ञप्ति जारी गर्दै भने ।
पेट्रोलियम पदार्थको मूल्य बढाउनु भनेको सबै क्षेत्र र बस्तुमा मूल्यवृदि्ध हुनु हो । त्यसर्थ पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि अविलम्व फिर्ता लिन युवक संगठनले माग गरेको छ ।
'जनताको ढाड सेक्ने गरी गरिएको पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिए राप्रयुसं (संयुक्त) ले आन्दोलनको आँधीवेरी सिर्जना गर्नेछ,' विज्ञप्ति भनिएको छ ।
जनतालाई राहत दिनुको सट्टा सरकारले झन् पिडा दिएको भन्दै अध्यक्ष लाहनीले आपत्ति जनाएका छन् ।
'कोरोना महामारीको कारण जनताको जनजीवन थला परेको बेला बारम्बार पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताप्रति उपेक्षा गरेको छ । सरकारको यस्तो कार्यबाट राष्ट्रिय प्रजातानि्त्रक युवक संगठन (संयुक्त) आश्चर्यचकित परेको छ,' विज्ञप्तिमा उनले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस