राष्ट्रवादी शक्तिहरु एक भइ प्रभावकारी रुपमा अघि बढ्नुपर्छ : राप्रपा
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण मंगलबार, २०७७ | १६:३७:०० मा प्रकाशित
पाँचथर । संसद पूनःस्थापनाका बाबजुद देशमा अन्योल र अस्थीरता निरन्तर रहेको समय राष्ट्रवादी शक्तिहरु एक भइ प्रभावकारी रुपमा अघि बढ्नु पर्ने राष्ट्रियता प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले बताएका छन् ।
'राष्ट्रलाई एक ढिक्का राख्ने आधार नागरिकस्तरमा कायम रहेको राष्ट्रवादी भावना नै हो । सत्तारुढ दलको सत्ताको झगडा र प्रमुख प्रतिपक्षी दलको भूमिकाविहीन अवस्थाबाट देशको राजनीति तरल छ, देश संकटग्रस्त छ । यसर्थ 'राष्ट्रियता, प्रजातन्त्र र जनहितको पक्षमा राष्ट्रवादीहरु प्रभावकारी भूमिकामा आउन आवश्यक भएको छ,' राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले भने ।
राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) का जिल्ला उपाध्यक्ष रघुनन्दन तुम्बापोको स्मृतिमा मंगलबार आयोजित श्रद्धान्जली सभामा वक्ताहरुले स्वर्गीय तुम्बापोको सुकिर्ति र इमान्दार चरित्रको संस्मरण गरे ।
राप्रपा पाँचथरका जिल्ला अध्यक्ष राजकुमार जोशीले भने, ''राष्ट्रियतामाथि चौतर्फि प्रश्न उठीरहेको बेला रघुनन्दन तुम्बापो जस्तो सत्चरित्रका नागरिकको अभाव खट्किरहेको छ । उनको देन पार्टी र सिंगो समाजलाई उदाहरण बनीरहने छ ।'
श्रद्धान्जली सभालाई सम्बोधन गर्दै अप्रा उपरथी होम कुमार लावतीले भने, रघुनन्दन तुम्बापो एक कर्मठ, निष्ठावान राप्रपाका कार्यकर्ता थिए । उनलाई गुमाउँदा सम्पूर्ण समाज र पार्टीलाई नै अपूरणीय क्षति भएको छ ।
मन्तव्य कै क्रममा जिल्ला उपाध्यक्ष कमल चेम्जोङले राष्ट्र निर्माणमा युवाहरुको सिर्जनशील भूमिकाको कदर गर्नु पर्नेमा जोड दिए । जिल्ला सदस्य गोपाल राईले दिवंगत आत्माको चीर शानि्तको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरे ।
युवक संगठनका जिल्ला अध्यक्ष भूपेन्द्र कार्कीले रघुनन्दनसँग सहकार्य गरेको दिनहरु संस्मरण गर्दै उनले अधुरो छाडेको लक्ष्य प्रापि्त गर्ने प्रण गरे । संगठनका जिल्ला सचिव संजिव जोशीले शोकलाई शकि्तमा रुपान्तरण गरेर राष्ट्रवादी आन्दोलनलाई सही लक्ष्यमा पुर्याउने विचार राखे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस