गाउँ सहर

अत्याधिक कार्य क्षमता सहितको एक्स्कर्सको नयाँ डीजीम्याक्स थ्रीइ मेसिन नेपालमा

काठमाडाैं । नेपालका लागि एक्स्कर्स मेसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटो मोटिभ्स प्रालिले एक्स्कर्सको हेभि इक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरको विक्री खुल्ला गरेको छ ।

नयाँ मेसिन अत्याधिक कार्य क्षमता सहितको डिजाइन अरुभन्दा फरक रहेको प्रालिले जनाएको छ । अपरेटरलाई काम गर्न सजिलो होस भन्ने उद्देश्यले ठूलो क्याबिन बनाइनुका साथै फ्युलइफिसेन्सीमा विशेष ध्यान दिइएको प्रालिको दाबी छ ।

प्रालिका अनुसार डीजीम्याक्स थ्री इब्याक्होलोडरमा अगाडि रहेको बोनेट हुडलाई इटालीयन क्याबिन डिजाइनबाट साभार गरी विशेष आकर्षक बनाइएको छ । रात्रीकालीन समयमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ सिस्टममा पावरफूल तथा ठूलो साइजका लिड लाईटहरु प्रयोग गरिएको छ । अपरेटरको कम्फर्टलाई ध्यानमा राख्दै आरामदायी सिट र राम्रो भेण्टिलेसन सिस्ट्म जडान गरिएको छ । अगाडि र पछाडि दुवैतिर क्याबिनको झ्याल खोल्न सकिनेछ । जसले गर्दा अपरेटरलाई मेसिन चलाउँदा भिजिबिलिटी राम्रो हुनेछ । स्टेरिङ चलाउँदा सजिलो होस् भनी आफ्नो इच्छाअनुसार एडजस्ट पनि गर्न सकिने पावर स्टेरिङ राखिएको प्रालिले बताएको छ ।

 

सहजै मेसिन सञ्चालन गर्न स्विचका साथै इन्सट्रुमेन्ट बोर्डहरुमा लाइटिङको व्यवस्था गरिएको छ भने टुल्सहरु राख्न एक्स्ट्रा स्पेसको प्रावधान रहेको छ । यो मेसिन बजारमा उपलब्ध मेसिनहरु भन्दा अत्याधुनिक तथा युजर फ्रेण्डल्ली भएको कम्पनीका बिजनेस हेड कुलदिप घिमिरेले बताए । डीजीम्याक्स थ्रीइ चौथो जेनेरेसन फिचर्समा आधारित छ । इक्युपमेन्ट मोनिटरिङ सिस्टम (ईएमएस्) जडान भएको हुँदा अपरेटरले मेसिन सञ्चालनको क्रममा मेसिनको बारेमा सम्पूर्ण जानकारी पाउनेछ । मेसिनको अपरेशन खर्च कम लाग्ने भएकाले ब्याक्होलोडर सेगमेन्टमा एक्स्कर्सको राम्रो मार्केट शेयर बढ्ने अनुमान गर्न सकिन्छ ।

नेपालमा एक्स्कर्सको झण्डै ११०० युनिटभन्दा पनि बढि मेसिनहरु छन् । आइएमई अटोमोटिम्स प्रालिले देशभरका १२ वटै शाखा अन्तर्गत सन् २०१४ देखि एक्स्कर्स कन्ट्रक्सन इक्युपमेन्टका ब्याक्होलोडर, सोइल कम्पयाक्टर, हाइड्रा क्रेनहरु बिक्रिवितरण गर्दै आएको छ ।  क्रेन सेगमेन्टमा एक्स्कर्स नेपालकै नबर एक ब्राण्ड रहेको र ग्राहकको रोजाई अनुसार मेसिनहरु अझै अपग्रेड तथा अपडेट गरेर बजारमा ल्याउँदै जाने कम्पनीले घिमिरेले बताए ।

गाउँ सहर संवाददाता

Abina subedi लेख्नुहुन्छ २५ पौष, २०७९ ८:५६ pm

Ahile kei vanna chaina

तपाईँको मत