राजनीति

गृहमन्त्री ‘बादल’ र विप्लव समूहका ‘प्रकाण्ड’ आमने–सामने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र  नेत्रविक्रम चन्द ‘विप्लव’ समूह नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ आमने–सामने हुने भएका छन् । 

सरकारले विप्लव समूह वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलकै नेतृत्वमा दुई सदस्य वार्ता टोली गठन गरे लगत्तै विप्लवले पनि दुई सदस्य वार्ता टोली गठन गरेको हो ।

सरकारले पनि मंगलबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा राजन भट्टराई सदस्य रहेकाे वार्ता टाेली गठन गरेकाे छ भने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता गर्न प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा उदय चलाउने 'दीपक' सदस्य रहेकाे वार्ता टाेली गठन गरेकाे छ ।

वार्ताका लागि जेलमा रहेका नेताकार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने पहिलो सर्त रहेको चन्द समूहका एक नेताले बताए । त्यस्तै सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा हुनुपर्ने उनले बताए ।

ती नेताका अनुसार तत्कालै वार्ता टोलीको बैठक बसेर सरकारसँगको वार्ताका लागि एजेन्डा तय गरिनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत