शेयरबजार : नेप्से साेमबारकाे सुधारभन्दा बढि अंकले तल झर्यो
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण मंगलबार, २०७७ | १५:४५:०० मा प्रकाशित
काठमाडाैं । आइतबार घेटकाे शेयरबजार साेमबार बढेपछि लगानीकर्तामा सकारात्मक आशा पलाएकाे थियाे तर मंगलबार झण्डै ६० अंकले नेप्से सूचक घटेपछि अबकाे बजार अवस्था के हाेला भन्ने अलमल देखिएकाे छ ।
मंगलबार ५९.७ अंकले घटेर नेप्से २४५५.३३ अंकमा पुुगेको छ ।
गत केहि दिनदेखि लगातार घट्दै आएको शेयर बजारमा सोमबार करिब ४१ अंकको सुधार देखिएको भए पनि मंगलबार त्यो सुधार टिक्न सकेन र नेप्से सूचक ५९.७० अंकले घटेर नेप्से २४५५.३३ विन्दुमा झरेको छ
कूल २०८ कम्पनीको शेयर ६४ हजार ७८७ पटक कारोबार भएको छ । १ करोड ३१ लाख ६ हजार किता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ११ करोड ९६ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।
व्यापार, होटल र पर्यटन समूह बाहेक सबै सूचक घटेका छन् । व्यापार २७८.४९ अंक र होटल र पर्यटन १६.८६ अंकले बढेका छन् ।
बैंक ४५.५५, विकास बैंक ६०.६५, जलविद्युत ४०.९९, वित्तीय २२.८५, नन् लाईफ इन्स्योरेन्स ३४३.५७, उत्पादन मूलक १५०.४८, अन्य ४३.२३, माइक्रोफाइनान्स ११२.०८, लाइफ इन्स्योरेन्स ५१९.६७, सामूहिक लगानी कोष ०.२१ र लगानी समूह १.९१ अंकले घटेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन सेयर मूल्य ९.९९ प्रतिशत र चन्द्रगिरी हिल्सको शेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ । नेपाल हाइड्रो डेप्लपरको शेयर मूल्य ७.३१ प्रतिशतले घटेको छ ।
यस दिन एशियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २८ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस