दुई वटा ट्रक एकआपसमा ठाेक्किँदा दुवै चालकको मृत्यु
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण मंगलबार, २०७७ | ०९:१७:०० मा प्रकाशित
कावासोती । नवलपरासी पूर्व ( नवलपुरमा ) सोमबारराति भएको सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । दुई जना गम्भिर घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार देवचुली नगरपालिका–२, दुम्कौलि चोक स्थित नवनिर्मित कल्भर्ट नजिक दुई वटा ट्रक एकआपसमा ठक्कर खाँदा दुई जना चालकको घटनास्थलमै मृत्यु भएको हो ।
पूर्वबाट आउँदै गरेको ना ७ ख ७०२३ नम्वरको ट्रक र पश्चिमबाट जाँदै गरेको ना ६ ख ३०११ नम्वर को ट्रक एक आपसमा ठक्क्र खाँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा ना ७ ख ७०२३ नम्वरका चालक हेडौटा उपमहानगरपालिका घर भएका ३४ वर्षीय राजकुमार न्यौपाने र अर्काे ट्रकका चालक पोखरा महानगरपालिका घर भएका ५१ वर्षीय खेम बहादुर विश्वकर्मा रहेको डिएसपी गिरीले जानकारी दिए ।
ट्रकका सहचालक बबई गाउँपालिका ६ दाङका २३ बर्षीय घनश्याम खड्का र बन्दीपुर गाउँपालिका ३ तनहुँका १८ वर्षीय विश्वास शाही गम्भीर घाइते भएको र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस