प्रधानमन्त्री ओली आज दुई जिल्ला जाँदै
- गाउँ सहर संवाददाता
- १८ फाल्गुण मंगलबार, २०७७ | ०८:४५:०० मा प्रकाशित
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वका दुई जिल्ला जाँदैछन् ।
प्रधानमन्त्री काठमाडाैंबाट आज झापा र मोरङ जाँदै छन् ।
ओलीले बिर्तामोडमा बी एन्ड सी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न कार्यक्रम छ । त्यसपछि ओली मोरङको उर्लाबारी जानेछन् ।
बी एन्ड सी अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईले अस्पताल उद्घाटनका लागि प्रधानमन्त्री ओलीसँगै संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ, पर्यटनमन्त्री भानुभक्त ढकाल र पूर्वमन्त्री महेश बस्नेत आउने जनाए ।
त्यसैगरि उर्लाबारीमा सन्थाल समुदायको लागि बन्ने एकीकृत बस्तीको प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सन्थाल समुदायका एक सय ३६ परिवारको लागि ३० करोड रुपैयाँ लागतमा एकीकृत बस्ती बनाउने योजना छ ।
पछिल्लो समय प्रधानमन्त्री ओलीको देश दौडाहा तीव्र बनेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस