अर्थतन्त्र

नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ बिक्री गरिने भएको हो ।

केन्द्रीय बैंकले मङ्गलबार अपराह्न ३ बजे उक्त ऋणपत्र बोलकबोल हुने जनाएको छ । ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा व्याजकर लाग्नेछ ।

ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो । यो ऋणपत्र धितो राखेर कर्जा लिन वा दिन पाइने छ । 

विवरणअनुसार प्रतिस्पर्धीलाई आठ अर्ब ५० करोड रुपैयाँ र अप्रतिस्पर्धीलाई एक अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमा नबढाइ  ५० हजार रुपैयाँले भाग गर्दा निषेध भाग जाने अङ्कमा खरिद गर्न पाउनेछन् । 

ऋणपत्र खरिद गर्न चाहने व्यक्ति वा संस्थाले बोलकवोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलकबोलको रुपमा मात्र भग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकबाट इजाजत प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका संस्थाले अप्रतिस्पर्धी बोलवाल हुन पाउँदैनन् ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत