वातावरण

मंगलबारकाे माैसम यस्ताे छ

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उल्लेखनीय मौसमी प्रणाली छैन । हाल  देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार फाल्गुन १८ गते (मंगलबार) दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै राति प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । तर देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत