पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि दिनभर कहिलेदेखि खुल्ला ?
- गाउँ सहर संवाददाता
- १७ फाल्गुण सोमबार, २०७७ | ०९:४२:०० मा प्रकाशित
काठमाडाैं । अघिल्लो वर्ष चैत ११ गते अघिसम्म पशुपति मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुन्थ्यो । चैत ११ गते लकडाउनपछि पशुपतिनाथ मन्दिर झण्डै ९ महिना बन्द भयो ।
पुस १ गतेदेखि मन्दिर खुला गरिएको हो । तर अहिले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोका मात्र खुला गरी दुई वटा लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
पशुपतिनाथ मन्दिर शिवरात्रिदेखि दिनभर दर्शनार्थीका लागि खुला हुने भएको हाे ।
अहिले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै खुल्ने गरेको मन्दिर आउँदो २७ गते शिवरात्रिपछि दिनभर नै खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
२७ गतेपछि भने पहिलेजस्तै पश्चिम र उत्तर ढोका खुला हुने र बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म मन्दिर खुला हुने कोषले जनाएको छ । पशुपतिमा दर्शनको लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ ।
शिवरात्रिमा पनि दर्शनार्थीलाई मास्क र स्यानिटाइजर अनिवार्य गरिएको कोषले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस