गाउँ सहर

पोखरा जाँदै प्रधानमन्त्री, शिलान्यास, उद्घाटन लगायत काममा भ्याइ नभ्याइ

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जने भएका छन् । पाेखरामा प्रधानमन्त्री ओलीले उद्घाटन तथा शिलान्यास र अवलाेकन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्नेछन् । 

जहाजमार्फत् सोमबार करिब बिहान ११ बजे पोखरा जान लागेका प्रधानमन्त्रीले प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । 

त्यस लगत्तै प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम छ । पोखरा रंगशालामा निर्माण भएको फुटबल स्टेडियम, क्रिकेट रंगशालाको निरीक्षण गर्ने छन् ।

 प्रधानमन्त्री ओली आइतबार झापा पुगेका थिए। उनले त्यहाँ औद्योगिक पार्क र विभिन्न पुल उद्घाटन तथा शिलान्यासका कार्यक्रम गरेका थिए ।

पछिल्लो समय प्रधानमन्त्री ओली उद्घाटन र शिलान्यासका कार्यक्रममा देशका विभिन्न ठाउँ पुगेका छन् ।

प्रधानमन्त्री ओली मंगलबार पनि झापा जाने कार्यक्रम छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत