गाउँ सहर

पोखरामा स्वर्गीय रविन्द्र अधिकारीको दोश्रो वार्षिक स्मृति दिवसको अवसरमा सहयोग

पोखरा । पोखरामा स्वर्गीय रविन्द्र अधिकारीको दोश्रो वार्षिक स्मृति दिवसको अवसर पारेर रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले हरिहर गुफा सन्यास आश्रममा  सहयोग सामग्री वितरण गरेको छ ।

कार्यक्रममा बाेल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्वर्गीय रविन्द्र अधिकारी सवै जनताको लोकप्रिय नेता भएको बताए । मन्त्री गुरुङले राजनिति गर्नु ठूलो कुरा नभइ जनताको मन जित्नु ठूलो कुरा भएको र त्यस्तो गुण स्वर्गीय रविन्द्र अधिकारीमा मात्र भएको बताए । मन्त्री गुरुङले सवैले राजनीतिमा लागेर चुनाव जितेर सांसद र मन्त्री हुँदैमा जनताको मन जित्न र जनताले चिन्न नसक्ने बताउँदै रविन्द्र अधिकारी जनताको मन जित्न सफल नेता समेत रहेको बताए ।

सो अवसरमा बाेल्दै हरिहर गुफा सन्यास आश्रमका उपाध्यक्ष अर्जुन खत्रीले रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले प्रदान गरेको सहयोग सामाग्रीले आश्रममा रहेका वृद्धवृद्धा र विद्यार्थीहरुलाई राहत पुग्ने बताउँदै सहयोग प्रति आभार प्रकट गरे ।

त्यस्तै रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराइले स्वर्गीय रविन्द्र अधिकारी पर्यटन मन्त्री हुदाखेरी हरिहर गुफामा  सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेको र सोही अनुरुप आफु पनि संघीय संसदमा पुगेपछि उक्त क्षेत्रमा सहयोग गर्दै आइरहेको र स्मृति दिवसको अवसरमा पनि सानो भएपनि सहयोग गर्न पाउदा खुसी लागेको बताइन् ।

२०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका अधिकारीको स्मृति दिवसको अवसर पारी रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पोखरा महानगरपालिका वडा नम्बर २० मा रहेको हरिहर गुफा सन्यास आश्रममा आश्रित बृद्धवृद्धा र विद्यार्थीहरुलाई लक्षित गरी सहयोग सामग्री प्रदान गरिएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत