कला

अमिताभ बच्चनलाई के भएकाे हाे ?

काठमाडाैँ । बलिउड अभिनेता अमिताभ बच्चनले सामाजिक सञ्जालमा स्वास्थ्य स्थिती बिग्रिएका कारण आफ्नो शल्यक्रिया हुन लागेको बताएका छन् ।

७८ वर्षीय अमिताभले लेखेका छन्, ‘स्वास्थ्य अवस्था,शल्यक्रिया । योभन्दा बढी केही लेख्न सक्दिनँ ।’ यद्यपि उनी कुन रोगसँग संघर्ष गरिरहेका छन् भन्ने खुलाएका छैनन् ।

गत वर्ष मात्र अमिताभ बच्चन उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्या कोरोना भाइरसबाट संक्रमित भएका थिए । उनको मुम्बईको नानावटी अस्पतालमा उपचार भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत