वातावरण

फाल्गुण १७ गते (सोमबार), यस्ताे छ माैसम

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालको पूर्वी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । हाल प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार, फाल्गुण १७ गते (सोमबार) दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदूर-पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै राति प्रदेश १, गण्डकी र सुदूर-पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत