प्रधानमन्त्री ओलीले झापा पुगेर सुनाए विकासे फेहरिस्त, विकासमा चमत्कार गरेकाे दाबी
- गाउँ सहर संवाददाता
- १६ फाल्गुण आइतबार, २०७७ | १६:४७:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्धि नेपाल, सुखी नेपाली’ काे नारा सार्थकतातिर लम्किरहेकाे देखेर केही मानिसहरू जलेको बताएका छन् ।
गृहजिल्ला झापामा चीन नेपालमैत्री औद्योगिक पार्कको आइतबार शिलान्यास गर्दै ओलीले देशको विकास देखेर देशभर विकासको लहर चलेको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले पुल, बाटो तथा औद्योगिक क्षेत्र निर्माणमा चमत्कार नै गरेको दाबी गरे ।
“केही मानिसहरू विकास देखेर जलेका छन्। विकासको लहरसँगै देशमा समृद्धि आएको देखेर जलेका छन् । उनीहरूलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ सुन्दै छटपटी हुन्छ,” उनले भने।
ओलीले भने, ‘मैले विश्वास लिएको छु स्थानीय तह र राजनीतिक दलले सबैको साझा उपलब्धि बुझेर सबै पक्ष समावेश हुनेछन् । सहयोगी हात बढाउनेछन् भन्ने विश्वास लिएको छु ।’
प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष हुम्लाको सदरमुकाम सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बताए। त्यसपछि सिंगो देश सडक सञ्जालमा जोडिने उनको भनाइ छ ।
दक्षिण एसियामा पहिलोपटक डिजिटल माध्यमबाटै माटो परीक्षण गर्ने प्रविधि ल्याएको बताए प्रधानमन्त्री ओलीले बताए । आगामी वर्ष दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने प्रधानमन्त्री ओलीकाे दाबी छ ।
देशभर कालोपत्रे सडक धेरै बनेका भन्दै उनले ठूलाठूला सडक बन्दै गएको केही तथ्यांक पनि प्रस्तुत गरे । अब पक्की बाटो देख्न राजमार्ग जान नपर्ने भन्दै उनले पहिला खोलामा फड्के तर्नुपर्ने अवस्था अहिले नरहेको जिकिर गरे ।
‘एकै दिन तीन सय अस्पताल शिलान्यास भएका छन् । फुसका छाना हटाएर टिनका छाना लगाइएको छ,’ सुकुमबासीलाई घर बनाएर हस्तान्तरण गरिएको पनि उनले दाबी गरे।
बाटाघाटा, विद्यालय, खानेपानी, अस्पताल बनाएर उधुमको विकास गरिएको पनि उनले बता ए। कोभिड नियन्त्रण गर्दै भारत र चीन दुवै देशबाट खोप ल्याएको पनि उनले त्यसक्रममा जानकारी गराए ।
देशभरिबाट आज तुइन विस्थापित भएको पनि उनले दाबी गरे । नेपाल अब गरिब देशबाट स्तरोन्नतिका लागि सिफारिस भएको ओलीले बताए । सन् २०२६ सम्म नेपाल विकाशील देश बन्ने उनले दाबी गरे । नेपालले थुप्रै देशभन्दा अगाडि बढेको भन्दै दक्षिण एसियामा सबैभन्दा विकसित देश नेपाल भएको पनि दाबी गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस