अर्थतन्त्र

मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’ मा के छ सुविधा ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ ।

 

यस अफर अन्तर्गत फागुन १६ गतेदेखि २३ गतेभित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा नि:शूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ ।

ग्राहकले डेबिट कार्डको लागि फारम या आवेदन पनि अफर समयावधिभित्र दिनुपर्नेछ ।

यस नारी विशेष अफर साथै ग्राहकले निःशुल्क डिम्याट खाता पनि बैंकमार्फत खोल्न सकिनेछ ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा गर्ने जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत