स्वास्थ्य

कोरोनाबाट थप १ जनाको मृत्यु, थपिए ७८, निको भए ८२, अब देशमा सक्रिय संक्रमित ९६२

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका सहित कुल मृतको संख्या २,७७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा नयाँ ७८ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या २,७४,१४३ पुगेको छ । यस्तै निको हुने ८२ सहित कुल डिस्चार्ज हुनेको संख्या २,७०,४०७ पुगेको छ । 

अहिले देशमा सक्रिय संक्रमितको संख्या ९६२ रहेको छ । 

देशमा आजसम्म पिसिआर गर्नेको संख्या २१,६२,९३६ पुगेको छ । देशमा  ९६२ जना आइसोलेशन र ६८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत