दिगोविकास

शेयरबजार ओरालो लाग्ने यात्रा रोकिएन, कारोबार रकममा भने सुधार

काठमाडाैं । शेयर बजार परिसूचक नेप्सेमा ठूलो गिरावट अाएकाे छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ८० अंक घटेर २५०० विन्दुभन्दा तल झरेको छ ।

बिहीबार ४४ अंकले घटेको नेप्से सूचक आइतबार झन् बढि ७९.७४ अंक अर्थात ३.१२ प्रतिशत घटेर २४७४.३९ विन्दुमा झरेको छ ।

कारोबार रकममा भने सुधार देखिएको छ । गत साताको अन्तिम कारोबार दिन ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २०७ कम्पनीको ९६ हजार १५१ पटकको कारोबारमा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

चन्द्रागिरी हिल्सको शेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ३७ रुपैयाँ बढेर ४१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस दिन गणपति माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक ७ प्रतिशत घटेको छ । त्यसैगरी, नेपाल फाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल हाइड्रो र अपि पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १ अर्ब २ करोड १६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

आजको कारोबारमा ४ वटा कम्पनीका लगानीकर्ताले कमाउँदा १७१ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत