गाउँ सहर

प्रधानमन्त्री ओलीले झापा पुगेर पुल उद्घाटन गरे

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा पुगेेर पुलको उद्घाटन गरेका छन् । 

ओलीले आईतवार झापामा कमल गाँउपालिका वडा नं. २ मा क्याम्पाबाट धरमपुर मंगलवारे जोड्ने कमल खोलाको पुलको उद्घाटन गरेका हुन् ।

ओलीले निर्वाचनको समयमा आफ्ना भाषणहरुमा आफ्नो निर्वाचन क्षेत्र तथा झापामा कहिँ पनि बाँस तथा काठको पुल नहुने दाबी गरेका थिए ।

ओलीले कुनै भाषण नगरी पुलको रिविन काटेर उद्घाटनको घोषणा गरेर अर्को कार्यक्रममा गएका छन् । यहाँ पुल नभएका कारण शिवसताक्षी र कमलका बासिन्दालाई एकआपसमा जोडिन समस्या भएकोमा यो समस्या हल भएको स्थानीयले बताएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत