स्वास्थ्य

ॐ चाबहिल डेन्टलले नयाँपाटी सहकारीसँग मिलेर साँखुमा नि:शुल्क दन्त शिविर सञ्चालन गर्दै

काठमाडाैं । ॐ चाबहिल डेन्टल हस्पिटलले शनिबार काठमाडाैंकाे गाेकर्णेश्वर नगरपालिकाकाे साँखुमा नि:शुल्क दन्त शिविर सञ्चालन गर्ने भएकाे छ । 

युवा जनजागरण अभियान समूह गाेकर्णेश्वर-४, नयाँपाटी बचत तथा ऋण सहकारी संस्था र सहयाेगी साथी नेपालकाे संयुक्त अायाेजनामा उक्त नि:शुल्क दन्त शिविर सञ्चालन हुन लागेकाे ॐ चाबहिल डेन्टल हस्पिटलका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए ।

अध्यक्ष घिमिरेका अनुसार शिविरमा दाँत परीक्षण, सफा गर्ने, दाँत निकाल्ने लगायत सेवा दिइने बताए । 

शिविर स्थानीय विद्यालय श्री वनदेवी निमावि साँखुमा शनिवार विहान ९ बजेदेखि दिउँसाे २ बजेसम्म हुने घिमिरेले जानकारी दिए ।

स्थानीय तहमा पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा विभिन्न जिल्लामा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएकाे डेण्टलका प्रबन्धक निर्देशक अनिल शर्माले बताए। 

हस्पिटलले गत मंगलबारदेखि बिहीबारसम्म २१ सय जनालाई सेवा दिएकाे थियाे । इन्द्रावती गाउँपालिकाका तीन स्थानमा भएकाे शिविरबाट पहिलाे दिन ७५० दाेस्राे दिन ५७० र तेस्राे दिन ७७९ जना गरि कूल २०९९ जनाले सेवा लिएका थिए ।

हस्पिटलले शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएकाे छ । सञ्चालनमा आएकाे छोटो समयमै हस्पिटलले सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत