खेल

सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदै

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा ब्वाइज युनियन क्लब र नयाँबस्ती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

ब्वाइज र नयाँबस्तीबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

ब्वाइज ७ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ । नयाँबस्ती ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

अर्को खेलमा खुमलटार युथ क्लबले झम्सिखेल युथ क्लबसँग खेल्नेछ ।

खुमलटार र झम्सिखेलबीचको खेल अपरान्ह ३:३० बजे सुरु हुनेछ ।

खुमलटार ७ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । झम्सिखेल ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत