खेल

पीएसएल क्रिकेट खेल्न सन्दीप पाकिस्तान गए

काठमाडौं । सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट खेल्न कराची प्रस्थान गरेका छन् ।

सन्दीपले लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने भएका हुन् ।

शुक्रबार साँझ सन्दीपको सम्झौता लाहोर कलन्दर्सबाट पक्का भएपछि आज दोहाहुँदै कराची प्रस्थान गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

यसअघि लाहोरबाटै खेलेका सन्दीप पछिल्लो दुई सिजन पीएसएल ड्राफ्टमा अनसोल्ड भएका थिए । तर लाहोरका स्पिनर राशिद खान दुई खेलपछि टिम छाड्दै राष्ट्रिय टोलीमा फर्किएछि सन्दीपले मौका पाएका हुन् ।

लाहोर कलन्दर्सले जारी प्रतियोगितामा ३ खेल खेल्दै २ जित र १ हारको नतिजासहित अंक तालिकामा तेस्रो स्थानमा छ । 

लाहोरले आइतबार कराची किंग्ससँग आफ्नो चौथो खेल खेल्दैछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत