दिगोविकास

राजनीतिक किचलाेकाे निकास संसदबाट खाेजिनुपर्छ : अध्यक्ष लाेहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजनीतिक किचलाेकाे निकास संसदबाट खाेजिनुपर्ने बताएका छन् । 

काठमाडौ निर्वाचन क्षेत्र नं.- ७ गोलढुंगामा वृहत पार्टी प्रवेश तथा युवा भेलालाई सम्बाेधन गर्दै संसदीय व्यवस्थाको मूल थलो संसदलाई राजनीतिक निकासको बनाउनुपर्ने बताएका हुन् । 

सर्वोच्च अदालतले गरेको ऐतिहासिक फैसलाको स्वागतयोग्य भएकाे बताउँदै अध्यक्ष लाेहनीले भने, 'सम्मानित सर्वोच्चले गरेको निर्णयले कुनै पक्ष खुशी भएर लड्डु खानुपर्ने वा अर्को पक्ष निरास हुनपर्ने अवस्था छैन् ।'

जनता भोक, रोग र गरिबीबाट प्रताडित रहेकाे तर सरकारको ध्यान सधैं सत्ता र पैसातर्फ मात्र रहेकाे बताउँदै महँगी नियन्त्रण र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल रहेकोप्रति उनले आक्रोश व्यक्त गरे । 

'भ्रष्टाचारको खाडलमा डुबेको सरकारले मुलुकलाई निकास दिन पनि सक्दैन भने विवादमा रहेको राष्ट्रपति स्थानमा निर्विवाद राजसंस्था कायम गर्नुपर्छ र नेपालको पहिचान हिन्दुराष्ट्र बनाउनुपर्छ' अध्यक्ष लाेहनीले भने । 

सभालाई पूर्वमन्त्री एवं राप्रपा नेता विक्रमबहादुर थापाले सम्बाेधन गर्दै राप्रपाले लिएको मार्गचित्र हिन्दुराष्ट्र सहितको राजसंस्था सही रहेको र यसले मुलुकलाई निकास दिने हुँदा आफूहरुको दललाई समर्थन गर्न आग्रह गरे ।

राप्रपा काठमाडौंका अध्यक्ष नवराज सिंखडा, पार्टीका केन्द्रिय सदस्य केदार फुँयाल लगायतले सभालाई सम्बाेधन गरेका थिए । कार्यक्रममा राप्रपाका केन्द्रीय नेताहरु भरतजंग उप्रेती,जनकपाठक, पुजा राणा, गोपाल थापा, रामहरि क्षेत्री, पशुपति कठायत, युवामोर्चा अध्यक्ष एवं केन्द्रिय सदस्य केदार धमला, शंकर बाेहोरा लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रम राप्रपा युवा संघ गोलढुंगाका नेता राम लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत