कला

घडीचरो तिमी र म

  • एमबी खड्का
  • १५ फाल्गुण शनिबार, २०७७ | १३:२९:०० मा प्रकाशित

कुखुरा
यो सहरको ईमान्दार कर्मचारी हो
बिहान सबभन्दा पहिले
घामलाई उठाउछ
अनि उठाउछ सहरका मान्छेहरु
मान्छेहरु नउठेसम्म बास्छ
घाम नउठेसम्म बास्छ
शनिबार सार्बजनिक बिदा छ
तर कुखुरा आज पनि ड्युटीमा छ

हावा
समयको पर्वाह नगरी बग्छ
देवस्थल घाट र मन्दिर भएर बग्छ
चिताको खरानी र पुजाको धुप
सँगै लिएर बग्छ
महलको समृद्ध फोहोर र झुपडीमा निदाएका सपना
सँगै लिएर बग्छ
तिमी निदाईरहेको ओछ्यानमा पुगेर सुम्सुम्याउछ
र मलाई बिउँझाउन आईपुग्छ
राजनीति 
जोतेर जिन्दगीका गराहरु
छल र कपटको बीउ छर्छ
घृणा र इर्स्याको बाली फलाएर
तृष्णाको भकारी भर्छ
तिमी
नदिलाई बग्न सिकाउछ्यौ
आफू तलाउ जमेर बस्छ्यौ
कोपिलाहरुलाई फूल्न सिकाउछ्यौ
आफू ओईलाएर झर्छु भन्छ्यौ
मझेरी खनेर आँगन सम्याउछ्यौ

अनन्त क्षितिजको सुदुर यात्रामा छु
फराकिलो सडक खोज्दै हिंडेको हुं
गोरेटो भेटिहालेँ भने कुनै दिन
पुगिहाल्छु कि कतै !

गाउँ सहर संवाददाता

तपाईँको मत